हङकङ प्रदशर्नकारीले विमानस्थलमा मच्चाए वितण्डा, वेइजिङले दियो आतंकवादको संज्ञा

बुधबार, साउन २९, २०७६



एजेन्सी । विगत लामो समयदेखि हङकङमा भइरहेको विरोध प्रदशर्न थामिने सुरसार देखिँदैन । सुपुर्दगी सन्धीको नाममा उठेको उक्त आन्दोलन सन्धीको खारेजी पश्चात पनि लम्बिनुलाई हङकङ प्रशासनले षडयन्त्रको रुपमा हेर्दै आएको छ ।

हङकङको प्रदशर्न र हिंसाले लिएर हङकङ प्रशासनकी प्रमुख क्यारी लेमले पटकपटक प्रदशर्नकारीहरुलाई संयमित रहन आग्रह गरेपनि प्रदशर्न रोकिएको छैन । गत मंगलबार हजारौं प्रदशर्नकारीहरुले हङकङको अति व्यस्त विमानस्थलमा मच्चाएको हिंसापछी चीनले कडा शब्दमा निन्दा गरेको छ ।

सन् १९९७ देखि बेलायतबाट चीन सरकारको मातहत आएको हङकङमा  अनेक शक्तिकेन्द्रहरुको स्वार्थअनुसार चलाइएको घुसपैठलाई चीनले गहिरोसँग अध्ययन गरिरहेको छ । हङकङ प्रशासनले रोक्न नसकेको प्रदशर्न र हिंसालाई वेइजिङले आतंकवादको संज्ञा दिएको छ ।

हिजो(मंगलबार) विमानस्थलमा भएको प्रदशर्न र झडप पछी स्टेट काउन्सिल, चीनको मन्त्रिपरिषद अन्तर्गत हङकङ र मकाउ मामला कार्यालयले ‘अत्यधिक क्रोध’ व्यक्त गरेको छ । विश्वको सबैभन्दा व्यस्त एयरपोर्ट प्राधिकरणलाई सजक रहन भनेको छ ।

मंगलबार दिउँसो कालो टिसर्टमा विमानस्थल आइपुगेका हजारौं प्रदशर्नकारीहरुले हवाईअड्डा परिसरमा यात्रुहरुलाई प्रवेश गर्न रोक लगाएको घटनालाई अभूतपूर्व हिंसा र आतंकवादसँग तुलना गरेको छ । प्रदशर्नकारीले उग्रताको पराकाष्ठा नाघ्दै सुरक्षाकर्मीमाथि पेट्रोल बम फ्याक्ने र विमानस्थलमा यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निन्दनीय कार्य पछी हङकङ र मकाउ मामला कार्यालयका प्रवक्ता जु लुइङले भनेकी छिन,”कट्टरपन्थी प्रदर्शनकारीहरूले कानून, नैतिकता र मानवताको तल्लो रेखालाई पूर्ण रूपमा उल्लंघन गरेका छन् । उनीहरूको व्यवहार कानूनको नजरमा अत्यन्तै निम्नस्तरको थियो । उनीहरुले हङकङको अन्तर्राष्ट्रिय छविलाई गम्भीर रूपमा कलंकित गरेका छन् ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata