भालुको आक्रमणबाट दुई जना घाइते

बुधबार, मंसिर १९, २०७५

- प्रमित वि‍ क‍



बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला भालुको आक्रमणबाट घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए ।

रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । मंगलबार बिहान गाउँ नजिकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको जनाएकाे छ। घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको  छ ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank