डब्लूटीओ छोड्ने राष्ट्रपति ट्रम्पको धम्की !

बुधबार, साउन २९, २०७६



एजेन्सी । अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले बिग्रिएको सम्बन्ध नसुध्रिएको खण्डमा विश्व व्यापार संगठन(डब्लूटीओ) बाट अमेरिका पछी हट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले पेन्सिलभेनियाको एक ‘शेल केमिकल प्लान्ट’ कार्यक्रमलाई सम्बोधन गर्दै भने, “यदि हामीले छोड्न पर्ने हो भने छोडीदिन्छौं ।”

राष्ट्रपति ट्रम्पले भने, ” हामीलाई थाहा छ हामीले विगतका केहि वर्षदेखि नोक्सान भोगीरहेका छौं । अब यो बन्द हुनु पर्छ । डब्लूटीओले अमेरिकाप्रति अनुचित व्यवहार गरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले भने, “डब्लूटीओले वासिङ्गटनलाई थप अनदेखा गरेको सह्य हुनेछैन ।” उनले थप्दै भने, ” यो जरुरि छैन कि हामी डब्लुटीओको  नियमहरुमा बाधिएर बसौं ।”

राष्ट्रपति ट्रम्पले भने चीनलाई डब्लूटीओमा सामिल गर्ने समयमा दिइएको सर्तमा अमेरिकाको आपत्ति छ ।अमेरिकाले डब्लूटीओसामू चीनलाई बौद्धिक चोरीको आरोप लगाउँदै आइरहेको छ । डब्लुटीओले अमेरिकाको आरोपलाई समर्थन नगरेको झोंक डब्लुटीओ छोड्दै दिन चाहेको ट्रम्पको भाषणबाट बुझ्न सकिन्छ ।

गत सोमबार चीनले अमेरिकालाई जवाफ फर्काउदै भनेको थियो, अमेरिकाले विश्व व्यापार संगठनमा चीनलाई विकासशी राष्ट्रको दर्जा फिर्ता लिने चेतावनी दिनुलाई उसको घमण्ड र स्वार्थपन भएको चीनको भनाइ थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पछिल्लो शुक्रबार आफ्ना व्यापार प्रतिनिधि रोबर्ट लाइथाजरलाई एक निर्देशन दिएसँगै चीनले उक्त प्रतिक्रिया जनाएको हो ।

राष्ट्रपति ट्रम्पको निर्देशन अनुसार लाइथाजरले डब्लूटीओसामू व्यापार नियम र व्यवस्था संचालन विवादलाई किनारा लगाउन जरुरि छ । साथै विकसित र विकासशील देशबीच गरिएको विभाजन अब पुरानो भइसकेको छ ! यसको कारण डब्लूटीओका केहि सदस्य राष्ट्रले अनुपयुक्त फाइदा उठाइरहेका छन् । अमेरिकाद्वारा डब्लूटीओमाथि राखिएको अनुपयुक्त दबाबलाई चीनले कडा शब्दमा प्रतिक्रिया जनाएसँगै राष्ट्रपति ट्रम्पले डब्लूटीओ छोड्ने धम्की दिएको चीनले महसुस गरेको छ ।

मानिएको छ कि अमेरिकाको निर्देशन चीनको ध्यानलाई राखेर गरिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले नियमित संवाददाता सम्मेलनमा ट्रम्प प्रशासनलाई घमण्ड र स्वार्थपनको पराकाष्ठा बताएकी छिन् । उनले थप्दै भनिन्, “यहाँ कुनै देशलाई यो फैसाला गर्ने अधिकार हुन् सकदैन जसले कसलाई विकासशील देशको श्रेणीमा राख्ने र कसलाई नराख्ने ?”

स्मरण रहोस्,  डब्लूटीओमा विकासशील देशको दर्जा पाइएमा विश्व व्यापार संगठन सम्बन्धित मुक्त व्यापार प्रतिबद्धता पुरा गर्न सरकारले लामो समय प्राप्त गर्नेछ । र, देशभित्र केहि घरेलु उद्धोगलाई सरंक्षण गर्ने वा उनीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने अनुमति मिल्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata