राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशबाट भुसाल र बेलबासे निर्वाचित

बिहिबार, माघ ९, २०७६



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा नेकपाका  बेदुराम भुसाल र महिलामा गंगाकुमारी बेलबासे निर्वाचित भएका छन्। भुसाल ६ हजार ८ सय १० मत ल्याएर विजयी भए भने बेलबासेले ६ हजार ८ सय २८ मत ल्याएर विजयी भएकी छन्।

भुसाल कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङलाई पराजित गर्दै विजयी भएका हुन्। बेलबासेले कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेमकीपाकी गीता काफ्लेलाई पराजित गर्दै विजयी भएकी हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments