मिशेल ओबामाको किताब ‘बिकमिङ’ बन्यो प्रथम बेस्ट सेलेर आत्मकथा

शुक्रबार, चैत्र १५, २०७५



एजेन्सी । अमेरिकाकी पूर्व राष्ट्रपति बाराक ओभामाको पत्नी अर्थात पूर्व प्रथम महिला मिशेल ओबामाको किताब ‘बिकमिङ’ पछिल्लो समय सबैभन्दा धेरै बिक्री हुने आत्मकथा बनेको छ । मंगलबार मात्र प्रकाशक कम्पनीले सो किताबको १ करोड भन्दा धेरै कपी बिक्री भइसकेको जानकारी सार्वजनिक गरेको हो ।

गत नोभेम्बर १३मा विमोचन गरिएको सो किताब विगत् एक दशककै सबैभन्दा लोकप्रिय किताब बन्न पुगेको सीएनएनले जनाएको छ । पहिलो हप्तामै १४ लाख कपी बिक्री गर्न सफल यो किताब विश्वव्यापी रुपमा ३१ वटा भाषाहरुमा लन्च गरिएको थियो ।

अमेजोनका अनुसार २०१२ मा किताब ‘फिफ्टी सेड्स अफ ग्रे’ पछी  ‘बिकमिङ’ नम्बर १ मा सबैभन्दा लामो समय रहको किताब हो । ६.३ x १.३  x ९.५ डाइमेन्सनको सो किताब ४४८ पृष्ठको रहेको छ, जसलाई  क्राउन पब्लिसिंग ग्रुपले प्रकाशित गरेको हो। ‘वकिल एवं न्यायाधीसको आत्मकथा’, ‘अफ्रिकन-अमेरिकन आत्मकथा एवं ब्ल्याक आत्मकथा’ साथै ‘महिला आत्मकथा’ गरि एमेजनको तीनवटा ‘बेस्ट स्लर र्यान्क’ प्राप्त गरेको छ ।

becoming michelle obama

becoming, michelle obama

किताबको शीर्षक नै यसको सफलताको सबैभन्दा ठूलो कारक भएको बताइएको छ । बिकमिङको प्रचारकै लागि मिशेल पछिल्लो समय बल टुरमा सहभागी थिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata