एक हप्तादेखि बझाङमा भालु आतंक, आक्रमणमा परि एक महिला गम्भीर घाइते

सोमवार, पुस ७, २०७६

- दिपक राज जोशि



बझाङ । जयपृथ्वि नगरपालिका वडा नम्बर ७ मा जंगली भालुको आक्रमणमा परि एक महिला गम्भीर घाइते भएकी छिन । सोमबार दिउसो १ बजेतिर कोइरालिखेत भन्ने ठाउँमा ४० वर्षीय सीता देवि रोकायालाई भालुले आक्रमण गरि घाइते बनाएको हो । दुईवटा बच्चा सहित आएको पोथी भालुले बिगत १ एक हप्ता देखि गाउँ पसेर आतङ्क मचाइरहेको स्थानीयले जनाएका छन ।

भालुले यस अघि ३ वटा गोरुलाई मारेको थियो । भालुलाई नियन्त्रण गर्ने स्रोत साधन नहुदा गाउमा दिउँसो आएर आतङ्क मचाइरहेको स्थानिय कलक रतालाले जानकारी दिए । आइतबार प्रहरी, सशस्त्र प्रहरी , बन डिभिजन कार्यालय र स्थानिय जनसमुदाय भालुलाई भगाउृने प्रयास गरेपनि विफल भएको थियो ।

भालुको आक्रमणबाट घाइते भएकि महिला उपचारका लागि जिल्ला अस्पतालमा उपचार पुर्याइएको छ । उनको थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्न लागेको अस्पताल स्रोत ले जानकारि गराएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments