‘बीसीए कप २०७४’ क्रिकेट प्रतियोगिता हुँदै

आइतवार, अशोज १, २०७४

loading...

- मान बहादुर बोहरा



काठमाडौं । दसैँ र तिहारको अवसर पारेर बझाङ जिल्लामा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । बुंगल क्रिकेट एसोसिएसनले असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म बुंगल बिजगडामा ‘बीसीए कप २०७४’ आयोजना गर्न लागेको हो । प्रतियोगीता ट्वेन्टी–ट्वेन्टी संरचनामा हुने बताइएको छ ।

पछिल्लो समय बढ्दै गएको क्रिकेटप्रतिको आकर्षण तथा पर्यटन प्रवद्धनलाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगीताबाट नयाँ खेलाडीले अवसर पाउने तथा झण्डै २० वटा समूहहरुले आयोजनामा भाग लिने आयोजकले विश्वास लिएको छ ।

प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ पाउने भएको छ । त्यस्तै, म्यान अफ दी टु्रनामेन्टलाई १० हजार, उत्कृष्ट वलर र ब्याट्स म्यानलाई ५–५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पर्यटन प्रर्वद्धन र खेलकुद विकासको मुल उद्देश्यका साथ यो कार्यक्रम विगत ३ वर्ष यता निरन्तर आयोजना गरिदै आएको आयोजकले आइतबार काठमाडौंमा गरेको पक्रकार सम्मेलनमा जानकारी दिएको हो ।

21624151_1904085486519345_1952051035_n

283 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank