एक सय यात्रु बोकेको विमान कराँचीमा दुर्घटनाग्रस्त

शुक्रबार, जेष्ठ ९, २०७७



एजेन्सी । दक्षिण एसियाली मुलुक पाकिस्तानको दक्षिणी सहर कराँचीस्थित आवासीय क्षेत्रमा शुक्रबार(आज) करिब एक सय यात्रु बोकेको विमान दुर्घटना भएको पाकिस्तानी नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो। पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन्।

प्राधिकरणका प्रवक्ता सत्तरले भने, “कराचीमा विमान दुर्घटना भएको छ । हामी अहिले यात्रुको संख्या पुष्टि गरिरहेका छौं । तर, विमानमा ९९ यात्रु र आठ चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।”

लाहुरबाट आइरहेको विमान दुर्घटना हुँदा कति मानिसको मृत्यु भएको भन्‍ने पुष्टि हुन सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments