विश्वको प्रेरणादायक महिलाको सूचीमा नेपालकी बोनीता शर्मा पनि

बुधबार, अशोज २९, २०७६



एजेन्सी । सन् २०१९ का विश्वका एक सयजना प्रेरणादायक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले सार्वजनिक गरेको  सो सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छन् ।

बोनितालाई इन्नोभेटर (नवप्रवर्तक) का रुपमा व्याख्या गरिएको छ ।  उनले बालमृत्युदर घटाउन मद्धत गरेको जनाउँदै युनेस्को मलाला फन्ड फर गर्लस राइट्स टु एजुकेसनको फन्डिङमा उनले आफ्नै संस्था द सोसल चेन्ज मेकर्स एण्ड इन्नोभेटर्स (सोचाइ) सञ्चालन गरेको जनाइएको छ ।  शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले डिग्री हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।

FDDFSFDFSD

महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।

उनको संस्थाले ‘सोचाइ पोषणका लागि युवा कार्यक्रम’लगायतका अभियान अगाडि बढाउँदै आएकाे छ ।  कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न उनले न्युट्रबिड्स डिजाइन गरेको बीबीसीमा उल्लेख गरेको छ । त्यस्तै, आफ्ना बच्चाहरूलाई कसरी पोषणयुक्त खाना खुवाउन सकिन्छ भनेर उनले फलाएको जागरणलाई पनि बीबीसीले उदाहरणीय भनेको छ ।

सूचीमा स्वीडेनकी चर्चित किशोरी तथा वातावरणवादी अभियन्ता  ग्रेटा थनवर्गदेखि अमेरिकाकी कान्छी अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज पनि रहेका छन् ।

सूचीमा  सिरियाको निर्माणमा संलग्न आर्किटेक्टदेखि नासाको मार्स हेलिकोप्टर परियोजनाका म्यानेजरसम्म रहेका छन् । त्यस्तै, माफियाको प्रतिवाद गरिरहेका राजनीतिज्ञ, खेलाडी, राजनीतिज्ञ, कलाकार, अधिकारकर्मी, शान्ति अभियन्ता, वातावरणवादी, लेखक, कानुनविद, मेयर, बक्सर, पत्रकार, कवि, सुमो रेस्लर, चिकित्सक, वैज्ञानिक, फिल्म निर्माता, डिजाइनर, कन्सल्ट्यान्टलगायतका पनि छन् ।

प्रभावशाली विश्वको पहिलो नम्बरमा प्रिसियस आडम्स परेकी छन् । अमेरिकाकी उनलाई कला क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै पहिलो नम्बरमा राखिएको हो । आइरन लेडी अफ काश्मीरको उपमा पाएकी मानव अधिकारवादी प्रभीना अह्यांगर दोस्रो नम्बरमा छिन् । त्यस्तै, तेस्रो र चौथोमा क्रमशः इटालीकी राजनीतिक पियरा अइलो र क्रिकेटर जस्मिन अक्तर परेका छन् । महिला सशक्तीकरणमा पछि परेको ठानिएको साउदी अरेबियाकी कलाकार मनल अलदोवयन पाँचौमा परेकी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata