दुई साता भित्र नै बझाङमा जहाज उड्छ : मन्त्री अधिकारी

बिहिबार, भदौ २८, २०७५

- दिपक राज जोशी



काठमाडौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी अब दुई साता भित्र बझाङमा हवाई सेवा नियमित हुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा सदस्य माननीय आसाकुमारी बिकको संयुक्त टोलीसँगको भेटघाटमा मन्त्री अधिकारीले अछाम र बझाङमा अबको दुई साता भित्र हवाई जहाज उड्ने बताएका हुन् ।

प्रदेश नम्बर सातको विकट पहाडी जिल्ला बझाङमा बर्षाै देखी जहाज उड्न नसकेको भन्दै प्रतिनिधि सभा सदस्य आसाकुमारी बिक नेतृत्वको टोलीले भेटमा जहाज नियमित गर्न माग गरेका थिए । बझाङ को देवल एयरपोर्ट कालोपत्रे निर्माण हुन लागेको भएपनी निर्माण कार्य नियमित हुने जनाएको छ ।

जिल्लामा धनगढी र नेपालगन्ज लगाएतका ठाउँहरुबाट जहाज जाने भएको छ । यातायात को छिटोछरितो र भरपर्दो साधनको सुबिधा भएपछी बझाङबासीको बर्सौ देखीको जहाज चढ्ने सपना पुरा हुने पत्रकार रमेश केसीले नेपालपाटी डटकमलाई जानकारी दिए ।

दशै अगाडि नै जहाज चढेर आफ्नो जिल्ला जान पाइने भएपछी जनतालार्इ केहि राहत हुने माननीय आशा कुमारी बिक ले खुशी व्यक्त गरिन् ।बझाङ को देवल एर्पोट को भौतीक संरचना भएको भएपनी २०६० साल देखि जहाज उड्न छोडेको थियो ।

542 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank