रित्तै जापान उड्ने निगमको उडानमा यात्रुको चाप

शुक्रबार, अशोज १७, २०७६



चाडपर्व नजिकिएसँगै नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा यात्रुको चाप बढेको छ। दशैं, तिहार र छठ शुरु भएसँगै काठमाडौं–ओसाका–काठमाडौं उडानमा यात्रुको चाप बढेको निगमले जनाएको छ।

नेपालीहरु पर्यटकीय सिजन सुरु भएको र चाडवाडमा नेपालीहरु नेपाल आउने क्रम सुर भएसँगै निगमको उडानमा यात्रुको चाप भएको निगमका सहायक प्रवक्ता सुलेश मिश्रले बताए। भदौ १२ बाट ओसाका उडान थालेको निगमले यात्रु कम भएसँगै साप्ताहिक उडान कटौती गर्दै हप्तामा दुई उडान थालको थियो ।

“यात्रुको चाप बढेपछि साप्ताहिक ३ उडान कायम गरेका छौं” निगमका सहायक प्रवक्ता सुलेश मिश्रले भने, “विगतमा यात्रुको चाप कम भएपनि चाडपर्व आएपछि यात्रुको चाप बढेकालनिगम उत्साहित भएको छ।”

दशैं तिहारमा नेपाल आउने भएकाले चाप भएको र दशैं तिहारपछि जापान फर्किने यात्रु भएकाले असोज–कात्र्तिकमा दुईतर्फी टिकट बिक्री सकिएको सहायक प्रवक्ता मिश्रको भनाई छ। उनले भने, “यो समयमा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा ओसाका काठमाडौं रुटमा २ सय ४३ सिट खरीद भएको र काठमाडौं ओसाका उडानमा १ सय ७५ सम्म यात्रुको चाप रहेको छ, दशैं तिहारपछि यात्रु फर्किने भएकाले यो सख्या वृद्धि भएर २ सय ७४ नै पुग्नेछ भने ओसाकाबाट काठमाडौं फर्किने रुटको बिजनेस श्रेणीका १८ सिट नै प्याक भएको छ ।”

निगमले यात्रुको चाप बढेसँगै भाडा समेत बढाएको छ । प्रमोशन फियर काठमाडौं–ओसाका भन्दै दुई भाडा दर ७० हजार निर्धारण गरेको निगमले अक्टोबरबाट इकोनमी टिकटमा १ लाख १० हजार र बिजनेस क्लासको टिकटमा १ लाख २० हजार रुपैयाँ कायम गरेको छ ।

निगमका २ वटा वाइडवडी विमान–३३० ले मंगलबार, बिहीबार र शनिबार साप्ताहिक रुपमा तिन उडान गर्दै आएका छन् । निगमले नोभेम्बरपछि नारिता विमानस्थलमा उडान गर्ने गरी आन्तरिक तयार गरिरहेको छ ।

ओसाका र नारिता दुवै गन्तव्यमा उडान गर्ने गरी निगमले तयारी गरिरहेको जनाएको छ । गोन्जाओ उडानको लागि चिनियाँ पक्ष सेफ्टी अडिटका लागि नोभेम्बरभित्र आएसँगै चीनमा पनि चाँडै उडान गर्ने निगमले जनाएको छ ।

त्यस्तै साउदी अरबको रियादमा उडान गर्नका लागि जनरल सेल्स ऐजेन्ट (जियए) छनोट गर्ने प्रकृया अगाडि बढेको मिश्रले बताए । दशैंमा निगमको आन्तरिक उडानमा गरिरहेको र यात्रुको चाप बढेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments