स्थानीयवासी भए खुसी , बौद्ध सडकमा कालोपत्रे शुरु

शुक्रबार, जेष्ठ ३, २०७६



काठमाडौं ।  वर्खालाग्दा कुनै खोला जस्तो । हिउँदमा धुलोको भूमरीभित्र निस्सासिएको । विगत चार वर्षदेखि धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारण यतिखेर खुसी देखिन्छन्  ।

लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्रे ढिलै भएपनि शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुुसालबाट जोरपाटीतर्फ कालोपत्रको काम शुरु गरेको हो ।

गत साता यातायात नै अवरुद्ध पारी सडक आन्दोलन गरेका स्थानीय र युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि कालोपत्र गर्न शुरु गरिएको हो । बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंका अनुसार आइतबारदेखि कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम सुरु भएको थियो भने अहिले कालोपत्र भइरहेको छ ।

सरकारले वि. सं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank