मिडिया विधेयक पत्रकारहरुको पक्षमा छ: मन्त्री बाँस्कोटा

आइतवार, बैशाख २९, २०७६



काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अघि बढाएको मिडिया विधेयक पत्रकारको पक्षमा रहेको बताएका छन् । मिडिया विधेयकले पत्रकारको हक हितका लागि भएकाले विधेयक ल्याउन लागिएको बताएका छन ।

आइतबार प्रेस चौतारी र प्रेस संगठनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै  मन्त्री बाँस्कोटाले मिडियाका मालिकलाई मालिक बन्ने बानी परेको छ । कर नतिर्ने, दिनरात खटिरहेका पत्रकारहरुलाई तोकिएको पारिश्रमीक नदिने भएकाले मालिकहरुलाई बढि टाउको दुखाई बनेको प्रष्ट पारेका छन् ।

सरकारले मिडियाका मालिकलाई नियन्त्रण गर्न खोजेको भन्दै अनेकौं भ्रम फैलाइरहेको बताउँदै नियम कानून सबैका लागि बराबर हुनुपर्छ भन्ने कुरा नबुझेको बताए । उनले श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै अधिकार दिलाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank