मन्त्री बाँस्कोटाले दिए राजीनामा

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा बैठक मार्फत अनौपचारिक रुपमा राजीनमा दिएको जानकारी दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको सञ्‍चारमन्‍त्री र विजयप्रकाश मिश्रबीचको संवाद रहेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बर्खास्त गर्न माग गर्दै सदनमा अवरोध गरेको थियो।

संसद्‌मा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले बाँस्कोटाले राजीनामा दिनुपर्ने र उनलाई लागेको आरोपबारे अनुसन्धान हुनुपर्ने अन्यथा संसद्को कारबाही चल्न नदिने बताएकी थिइन्। सभामुख सापकोटाले भने, सञ्चारमन्त्रीको विषय प्रवेश भइसक्यो। अनौपचारिक रूपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ। औपचारिक पत्र आउने नै छ। तर कांग्रेस सांसदहरुले अवरोध जारी राखेपछिप्रतिनिधि सभा बैठक यही फागुन १३ गते दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments