सरकार भ्रष्टाचारमा डुब्यो भन्छन्, खै कहाँ डुब्यो ? मन्त्री बाँस्कोटा

बिहिबार, फाल्गुन ८, २०७६



कञ्चनपुर। सुचना तथा सञ्‍चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू माथि लागेको आरोप निराधार रहेको बताएका छन । उनले आरोप लाग्नु ठूलो कुरा नभएको बताए ।

बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवन उद्‍घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले आरोप प्रमाणित गर्न चुनौती दिए । उनले सरकार भ्रष्टाचारमा डुब्यो भन्छन्, खै कहाँ डुब्यो ? भन्दै प्रश्न गरे। बालुवाटार प्रकरणमा सरकारले सत्यतथ्य छानविन भइरहेको दावी गर्दै उनले माधव कुमार नेपाल र विष्णु पौडललाई अदालतले निर्दोष ठहर भएको जिकिर गरे । तथ्य प्रमाणले जे भन्छ त्यही गर्ने हो । अदालतको निर्णय पनि नमान्ने हुन्छ ?

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग गरेको अश्लील संवाद र कमिसन सहितको अडियो सार्वजनिक भए सँगै आफ्नो बचाउ गरेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments