एमसीसी कुनै पनि हालतमा पास हुन्छ: मन्त्री बास्कोटा

बुधबार, पुस १६, २०७६



काठमाडौँ । नेपाल सरकारका प्रवक्ता  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल कुमार बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ कुनै पनि हालतमा पास गरिने जनाएका छन् ।

पछिल्लाे समय सत्तारुढ दल भित्र नै एमसीसी सम्झाैता अनुमाेदन गर्ने वा नगर्ने विवाद  बल्झिरहेकाे बेला मन्त्री बास्काेटाले उक्त कुरा बताएका हुन ।   डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दैै मन्त्री बाँस्कोटाले एमसीसी संसद्ममा पेस हुन्छ । जसरी पनि पास गरिन्छ ।  उनले भने, कसैले चाहेर पनि अब एमसीसी फेल हुदैँन । सरकारले संसद्मा पेस गर्छ, सिधै पास हुन्छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments