राजनीतिक अपराधीकरण स्वीकार्य हुँदैन: मन्त्री बाँस्कोटा

बुधबार, कार्तिक ६, २०७६



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक अपराधीकरण स्वीकार्य नहुने ठोकुवा गरेका छन । उनले राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य नुहनेमा जोड दिएका हुन ।

पछिल्लो समय मुलुकमा राजनीतिक नेताले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्दै गलत गर्ने ढिला चाडो कानुनी कठघरामा आउने छन् । राजनीतिमा अपराधीकरणलाई स्थान दिन हुँदैन । जनताको सुरक्षा गर्छु भनेर आएको जनप्रतिनिधि नै अपराध गर्छ भने जनताले के सोच्ने भन्दै प्रश्न गरे । उनले भने,  कसैले महिला माथि झम्टेको छ, कसैले गाउँले माथी झम्टेको छ । यस्तो पनि हुन्छ राजनीतिमा ? यस्ता नथुनिए को थुनिन्छ ? उनले गलत गर्नलाई जनताले लडेर ल्याएको लोकतान्त्रिक विधिको शासन अनुसार कारवाही हुने कुरामा जोड दिए ।

बनेपामा लायन्स हार्ट क्लिनिक सञ्चालका लागि आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले आफूले यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । तपाईहरुले भावी पुस्ताको लागि राम्रो सोचका साथ कामको शुरूवात गर्नु भएको छ। यसका म सहयोग गर्न तयार रहेको छु । तर अझ तपाईहरुले दुरदराजका जनतालाई लक्षित गरेर कार्यक्रम गर्नुहोस्, उनले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata