कथित सल्बलाउनेलाई जनताले ठेगान लगाउने छन: मन्त्री बाँस्कोटा

बिहिबार, भदौ १२, २०७६



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रका विरुद्ध बोल्नेहरुलाई जनताले ठेगान लगाउने बताएका छन ।

विहिबार सुनकोसी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको अर्काे विकल्प लोकतन्त्र नै हुने बताए । उनले जनक्रान्तिको उपलब्धीका रुपमा आएको संविधान भव्यताका साथ मनाउनु पर्नेमा जोड दिए । लाेकतन्त्र माथि हमला हुन लागे  कथित सल्बलाउनेलाई जनताले ठेगान लगाउने जनाएका छन ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो। कुनै पनि प्रकारको निरंकुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् उनले भने ।’ ‘रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनु पर्नेमा जोड दिए । उनले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुनेसमेत बताए । मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, वीरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata