थ्री बाइ थ्री बास्केटबलमा नेपाललाई रजत

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । राजधानीमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा  नेपाली बास्केटबल टोलीले रजत पदक जितेको छ ।

थ्री बाइ थ्री बास्केबलमा सोमबार भारतीय टोलीसँग पराजित भएसँगै नेपालले रजत पदक जितेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनलमा नेपाल भारतसँग २०-१५ ले पराजित भएको हो । सेमिफाइनलमा श्रीलंकालाई २१-९ ले हराउँदै नेपाली टोली फाइनल पुगेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments