वसन्तपुर दरबार क्षेत्रमा पार्किङ गर्न निषेध

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । विश्वसम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा पार्किङको दीगो व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।यस कदमसँगै सम्पदा माथि नै असर पर्ने किसिमले गरिएको पार्किङ हटाउने कार्य  शुरु भएको हो।

हिजो(बुधवार) हनुमानढोकामा बसेको सरोकारवालाहरुको बैठक स्थानीय जनप्रतिनिधि, प्रहरी, नगर प्रहरी, ट्राफिक, हनुमानढोका हेरचाह अड्डाका प्रतिनिधि र स्थानीयबीच भएको छलफल गरि सम्पदा क्षेत्रमा गरिँदै आएको पार्किङलाई रोक्ने निर्णय गरेको हो।

नगर प्रहरी र स्थानीयको सक्रियतामा आजैबाट कुमारी घरदेखि पार्किङ गर्न रोकिएको छ। पहिलोचरणमा कुमारीघर र गद्दी बैठक क्षेत्रमा पार्किङ गर्न रोकिएको छ। विस्तारै दरबारक्षेत्रमा नै पार्किङ गर्न पुन: रुपमा प्रतिबन्ध लगाउने योजना बनाउने तयारी भइरहेको छ। दरबार क्षेत्र घुम्न आउनेलाई महानगरले संचालन गरिरहेको पार्किङ क्षेत्र वा पार्किङ गर्न छुट्याइएका अन्य स्थानमा सवारी साधन पार्किङ गरेर सम्पदा क्षेत्रको महत्व कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।

विश्व सम्पदा क्षेत्रको ‘युनिभर्सल आउटस्ट्यान्डिङ भ्यालु’का अनुसार सम्पदा क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारीसाधन चलाउन पाइँदैन। तर, स्थानीय प्रशासनको आँखै अगाडि सम्पदामाथि असर पुग्ने गरी पार्किङ शुरु हुँदा समेत कुनै कारबाही नहुँदा स्थानीयतर्फबाट विरोध समेत हुँदै आइरहेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata