तरकारी बोकेको भ्यान बससँग ठोक्किँदा एकको मृत्यु, १८ जना घाइते

बिहिबार, साउन २, २०७६



मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीस्थित शनिश्चरे -१० मा बस र  भ्यान एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्  । घाइते मध्य ९ जनाको अवस्था गम्भीर रहेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको तरकारी बोकेको भ्यान आपसमा जुध्न पुगेको हो । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको एसपी अधिकारीले बताए ।

६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेहरुको परिचय  हालसम्म खुलेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata