“बर्थ डे केक”

बुधबार, कार्तिक १, २०७४

loading...

- बिकास रेग्मी



अप्राकृतिक तरिकाले मेरो निन्द्रा खुल्यो मतलव बेडमा मस्त सुतिरहेको बेला, बिहानै टेवलको मोवाईल बजेर निन्द्राले सबन्ध बिच्छेद गर्यो । भैतिक बस्तुहरुले खुलाउने निन्द्रालाई म प्राकृतिक मान्दिन किनकी यस्तो बिउँझाइले त्यति आनन्द दिँदैन । यति बिहानै कस्ले फोन गर्यो मनमा रिस,राग र उत्सुकता सबै पैदा भयो । फोन उठाए । 


“हेलो बर्थ डे ब्वाइ, गुड मडिङ्ग ” एउटा सुमधुर स्त्री आवाज मेरो कानमा गुन्जीयो । आवाज सुने झै लाग्यो तर मान्छे चिन्न साकिन । मैले हजुर मात्र भने ता कि उनले अलिक धेरै बोलोस् र चिन्न सकूँ भनेर । 


“जन्म दिनको लाखौ लाख शुभकामना छ । सोचेका सबै कामहरु पूरा हुन । ” उता बाट आवाज आयो । म छक्क परे । मेरो आज जन्म दिन ? होइन । लाग्यो यो केटी गलत नम्बरमा फोन गरिरहेकिछ ।


“नम्बर एकपटक फेरी चेक गरेर फोन गर्नुहोला, तपाईं गलत नम्बरमा फोन गर्दै हुनुहुन्छ । आज मेरो जन्म दिन होइन । ” मैले भने ।
” म गलत हुनै सक्दिन । यो नम्बर तपाइले नै दिनुभएको हो । सायद तपाईंको आजको बर्थ डेको पहिलो शुभकामना दिने म नै होला है ? । ” उसले हास्दै भनी । 


म शब्द बिहिन भए । आज मेरो बर्थ डे थिएन तर उ चिने झै गरी बोलिरहेको थई ।
“किन नबोल्नु भएको, केहि त बोल्नु होस् ।” उताबाट फेरी आवज आयो । 


बिस्तारै कहाँ बस्ने के गर्ने उसंग धेरै कुराहरु भयो । उसको नाम कन्चन रहेछ । बत्तीसपुतलीमा घर रहेछ । मसंग धेरै पटक देखा देख भएको तर बोल चाल एक पटक मात्र भएको कुरा उसले खुलाइ । कलेज जाने बाटो एउटै रहेछ जहाँ कहिले उ अगाडि कहिले म पछाडि हुन्छौ रे । यी सब कुरा हुदा पनि मैले उनलाई चिन्न साकिन । “दिनभरीको समय दिन्छु । म को हो चिन्नुहोस् ।” उनले अन्त्यमा हाँस्दै यति भनेर फोन काटी ।

मन खुलदुल भयो । कसैले मलाई जिस्काए झै लाग्यो किनकी आज यथार्तमा मेरो गर्लफ्रेडको बर्थ डे थियो । गर्लफ्रेड आफैले त यसो गरिनन् किनकी उनको बोली र ब्यवाहारसंग म परिचत थिए । ऊनी यसरी जिस्किने केटी नै होइन । उनी सबन्धलाई सिरियस लिन्छिन् । सानो घटनालाई पनि उनी धेरै तरिकाबाट सोचछिन् । उनी अन्तरमुखी स्वाभावकी छिन् । काठमाडौंमा घर भएकी एक धनी र प्रतिष्टित परिवारकी कान्छी छोरी थिइन् उनी । उनका बुबा राजनीति गर्थे । पन्चायतकालमा धेरै पटक मन्त्री पनि भए रे ।

परिवारमा धेरै समय दिन सक्दैनन् थिए । आमा बिदेशी इन.जी.ओमा काम गर्थिन । उनको पनि घर आउने त्यति फुर्शद हुन्न थियो । घरमा उनी दाई भाउजुसंग बस्थिन् । घरमा एक पटक मेरो बारेमा चर्चा चल्यो रे । हामी एक अर्कालाई धेरै माया गर्छौ भनेर उनले परिवारमा भन्दा उनको बाबाले पहिलो प्रश्न नै खानदान कस्तो हो ? तराईमा कति बिगा जग्गा छ भनेर सोधेका थिए रे । केटो ईमानदार छ उनले यति भनिछिन् । भयो धेरै संगत नगर्नु त्यसको भनेर बाबाले गाली गर्नुभएछ । त्यसपछि उ दुई महीना बोलिन म संग । हाम्रो प्रेमको भबिश्य छैन अन्त्य गुरुम् भनिरहिन् तर आज भोलि घरमा सबन्ध अन्त्य भयो भनेर भए पनि म संग मायामा थिइन् उनी । जे होस् उनको परिवारमा मेरो नाम परिचित थियो ।

आज उनको बर्थ डे थियो । तर म उनको घरमा जान बन्देज थियो । साँझमा उनको घरमा ठुलो पार्टी हुँदै थियो । घरमा सबै ब्यस्त हुने भएका कारण केक आफै किनर ठीक पार्नु भनेर बाबाले हिजो बिहान नै उनलाई भन्नु भएको थियो रे अनि हिजो दिउँसो उनले मलाई फोन गरेर केक अर्डर गर्दिनु भनिन् । मैले हिजो साँझ नै उनको घर नजिकैको बेकरीमा केक अर्डर गर्दिएको थिएँ । आज दिउँसो उनले म संग बर्थ डे पार्टी मनाउन बोलाइन् । दिन भरी हामी एक सगै दुःख सुखका कुरा गर्दै बस्यौ । आज दिन भरी पनि उनले हाम्रो अनिश्चित प्रेमको दुःख पोखिरहिन् । छुट्न नसक्ने तर छुट्नु पर्ने सत्य बाध्यता छ हामीसंग उनले मेरो काथमा टाउको राख्दै भनिन् । मैले धैर्य गर देखि बाहेक केही भन्न साकिन । साँझ परेपछि हामी छुटियौ । “बेकरीमा केक अर्डर छ लिएर जाउ ।” जाने बेला मैले भने । केकको पैसा दिन लाग्दै थिइन् मैले यो बर्षको गिफ्ट नै केक भयो भनेर टारेँ ।

राती खाना खाएर सुत्न लाग्दै थिए फोन बज्यो । गलफ्रेडको फोन रहेछ । उठाए
“हेलो मायालु ” मैले भने
“आई हेट यु । तपाईको केहि कमन सेन्स छैन । आज मेरो बर्थ डे हो थाहा छ नि ? ” उनले रुखो र चर्को स्वरमा भनिन् ।
के भयो म अलमल भए । ” थाहा छ बेवी किन र ?” मैले भने ।
उ रुन लागि । म फकाउन सकिरहेको थिइन ।
रुदै रुदै उनले भनिन् “केकमा कस्को नाम लेख्नुभएको थियो ? तपाईंलाई घरका सबैले चिन्छन् । केक काट्नलाई बक्स खोल्दा केकमा तपाईंको नाम देख्दा बाबा पार्टी बाट नै बाहिरिनु भयो । बिस्तारै सबै जना गए । बाबाले हाम्रो नाक काटिस् भनेर गाली गर्नु भयो । अब म तपाईं संग रिलेसनमा बस्न सक्दिन । ”
म निशब्द भए उनले फोन काटिन् ।

मनमा हिजो साझको घटना खेल्न लाग्यो । उनको घर नजिकैको बेकरी सपमा गएँ । एउटी केटी पसलमा थिई । गोरो र बाटुलो अनुहार, कालो र लामो कपाल, छिनेको कम्मर, पुस्ट छाती र मिलेको शरिरमा निलो र रातो बुट्टावला कुर्था । उ कुनै चलचित्रकी नायिका भन्दा कम थिएन । मुसुक्क हाँसी । उनलाई मैले कहीँ देखे झै लाग्यो । उनले पनि मलाई कहीँ पहिलै देखे झै गरेर हरिन् ।
“के काम थियो ।” उनले सोधिन । “केक अर्डर गर्नु थियो । ” मैले भने ।
मैले उनलाई हेरीरहे उनी बिल प्याडमा कार्बन पेपर हाल्दै थिइन् ।
“नाम के को ? ” उनले सोधिन ।
“बिकास ”
“कहिले चाहिने केक” उनले फेरी सोधिन ।
“भोलि” मेले भने ।


“नम्बर छोड्नुहोस् न काम सकेपछि खवर गुरुमला ।” उनले हल्का मुस्कुराउदै भनिन् ।
मैले नम्बर दिए । उनले फेरी मुस्कान छोड्दै बिल मलाई दिईन् । मैले पैसा दिए ।
“कति मिठो हो हाँसो । केक जस्तै ” जाने बेलामा मैले भने ।
उनले लजाउदै भनिन् “नजर राम्रो हो हजुरको ।” उनले पर सम्म मलाई हेरीरहेकी थिइन् ।

म झस्किए नाम त उनको पो टिपाउनु पर्ने रहेछ त । पकेटमा केकको बिल थियो । खोलेर हेरेँ । कन्चन बेकरी सप बत्तीसपुतली काठमाडौं । याद आयो बिहान फोन गर्ने केटी त्यही केटी हो जो हिजो बेकरीमा थई । आँखाबाट आँशु आइरहेको थियो तर बिहान कि केटी यो भन्ने थाहा पाए पछि ओठ अनायसै मुस्कुरायो । आँशु पुछेर बिहानको नम्बरमा कल गरे । 

लेखक : बिकास रेग्मी इलाम, हाल: पोखरा

577 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv