आन्दोलनरत विद्यार्थी र शिक्षा मन्त्रालयबीच छलफल जारी

बिहिबार, चैत्र ७, २०७५



काठमाडौं । गण्डकी मेडिकल कलेज सुधारको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच छलफल भइरहेको छ ।  गत मगलबार मेडिकल कलेजहरुले मनपरि प्रति  त्रिभुवन विश्वविद्यालय टुलुटुलु हेरेर बसेको भन्दै विश्वबिद्धालयका पदाधिकारी र डिनको कार्यकक्षमा अनेरास्ववियु ,अनेरास्ववियु केन्द्रिय कमिटी र स्वतन्त्र विद्यार्थी युनियनद्वारा तालाबन्दी गरेका थिए ।

तालाबन्दी पछि वार्ता मार्फत समस्या समाधान गर्न शिक्षा मन्त्रालयमा आन्दोलनरत विद्याथी र मन्त्रालयका पदाधिकारीबीच वार्ता भइरहको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।  वार्तामा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, शिक्षा सचीव ,डिन ,मेडिकल कलेज सन्चालक र विद्यार्थी संघसंगठनका बिच शिक्षा मन्त्रालयमा छलफल जारी रहेको छ ।

याे पनि पढ्नुहाेस

त्रिविवि डिन र परिक्षा नियन्त्रणको कार्यालयमा तालाबन्दी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata