उर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना

शनिबार, कार्तिक १७, २०७५



काठमाडौं  । उर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्टलगायत संलग्न छन् ।

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए । उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । पुनको स्वास्थ्यमा पटक पटक समस्या देखिँदै आएको छ ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank