बार्सिलोना आक्रमणः १३ को मृत्यु, एक सय भन्दा बढी घाईते

शुक्रबार, भदौ २, २०७४



काठमाडौं । स्पेनको शहर बार्सिलोनामा विहिबार साँझ भएको आंतङ्कारी आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी घाईते भएका छन् । । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा १८ देशका नागरिक परेका छन् । यसमा जर्मनी, रोमानिया, इटाली, अल्जेरिया र चीन जस्तो देशका नागरिक पनि परेका छन् ।

विहिबार साँझ रामलाको कातालोनियामा मोरक्किन निवासी ड्रिस औकाविरले टुरिष्ट एरियामा प्रवेश गरी मानिसको भीडमा तिब्र गतिमा भ्यान दौडाई हमला गरेको प्रहरीले जनाएको छ ।

सेतो रंङ्गको समान बोक्ने मिनि भ्यानको प्रयोग गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ । भ्यानको नम्बर भने गोप्य राखिएको छ ।घटनामा अर्को भ्यान पनि प्रयोग गरिएको तर त्यसलाई प्रहरीले समयमै नियन्त्रण लिन सफल भएको समाचारमा जनाइएको छ ।

घटनासँगै कातालोलिया सरकारले सुरक्षा ब्यवस्थालाई ब्यापक कडा बनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments