घृणा तथा जातीय विभेदलाई प्रोत्साहन नदिन ओबामाको आग्रह

मङ्लबार, साउन २१, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाको पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिकहरुलाई घृणा तथा जातीय विभेदलाई प्रोत्साहन गर्ने गरी अभिव्यक्ति नदिन नेताहरुलाई गर्न आग्रह गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले  कुनै  पनि नेताहरुको नाम भने उल्लेख गरेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीका विरुद्धमा अभिव्यक्ति दिइरहेको बेलामा यदाकदा मात्रै बोल्ने ओबामाले हिजो(सोमबार) वक्तव्य नै जारी गरेर अमेरिकी नागरिकलाई यसकिसिमको आग्रह गरेपश्चात अमेरिकी राजनीतिमा चहलपहल देखिएको छ ।

यद्यपि राष्ट्रपति ट्रम्पले पनि सोमबार भने घृणा र ‘व्हाइट सुप्रिमेसी’को निन्दा गरेका थिए । हालै ओहियो र टेक्सासमा भएका दुई छुट्टाछुट्टै गोली काण्डमा अहिले सम्म ३१ जनाको मृत्यु भइसकेको छ ।

आफू राष्ट्रपति भएका बेलामा ओबामाले  बन्दुकमाथिको स्वामित्वलाई प्रतिबन्ध लगाउने तयारी गरेपनि उनी असफल भएका थिए । सन् २०१५ मा बन्दुकबाट सुरक्षा सम्बन्धी कानुन पास गर्न असफल भएको घटनालाई आफ्नो राष्ट्रपति कालकै सबैभन्दा निराशाजनक अवस्था भएको पूर्व राष्ट्रपति ओबामाले बताएका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata