ओबामा दम्पती कथा सुनाउन आउँदै, छिट्टै लन्च हुनेछ ‘पोडकास्ट’

आइतवार, जेष्ठ २६, २०७६



लस एन्जेलस् । अमेरिकाको पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशाइल ओबामाकी पोडकास्ट(डिजिटल अडियो फाइल)को सिरिज आउने भएको छ यसको लागि ओबामा दम्पतिले अनलाइन म्युजिक स्ट्रीमिंग प्लेटफर्म स्पोटीफाईसँग सम्झौता गरेका छन् 

स्पोटीफाई र ओबामा दम्पतीको हाइएर ग्राउण्ड प्रोडक्सनबीच बीच यस विषयलाई लिएर पछिल्ला वर्षहरुदेखि छलफल हुँदै आइरहेको थियो यस सम्झौता पश्चात ओबामा दम्पती विभिन्न विषयमा पोडकास्ट तयार गर्नेछन । साथै त्यस अडियो फाइलमा आफ्नो आवाज दिनेछन् 

‘भेराइटी(Variety)’को अनुसार यस सम्झौता हाइएर ग्राउण्ड प्रोडक्सन कम्पनीको नयाँ विभाग  हाइएर ग्राउण्ड अडियोसँग भएको हो 

स्पोटीफाईद्वारा जारी बयानमा पूर्व राष्ट्रपति ओबामाले भनेका छन्, “हामी  सदैव मनोरञ्जन एवं चिन्तनपरक विषयको चर्चापरिचर्चाको महत्वको बारेमा सतर्क, सचेत र विश्वस्त छौं  यस कामबाट हामी एक-अर्कासँग जोडीनेछौँ तथा तपाइँहरुलाई पनि आफ्नो नयाँ विचार, चिन्तन समाजसामू ल्याउन मद्दत  गर्नेछ ।”

उनले भनेका छन्, “हामी हाइएर ग्राउण्ड अडियलाई लिएर रोमाञ्चक छौं किनभने पोडकास्टले एक-अर्कालाई नजिक ल्याउने, बातचित गराउने, मुस्कुराउने साथै एक-अर्कालाई चिन्ने असाधारण मौका प्रदान गर्दछ 

मिशाइल ओबामाले भनेकी छिन, पोडकास्टको माध्यमबाट उनी आफ्नो प्रेरणादायी कथा दुनियाँसामू ल्याउनेछिन्  जसले भावानात्मक तवरले हीनताबोध गर्ने मानिसहरुलाई मजबुत बनाउनेछ 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank