७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्लबार, बैशाख ३, २०७६



बारा । निजगढ नगरपालिका- ३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने जानकारी भए पश्चात ईलाका प्रहरी कार्यालय निजगढबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank