बैंक अफ काठमाण्माडौंले ल्यायो ‘बुम रेमिट’ सेवा

आइतवार, मंसिर १२, २०७३



बैंक अफ काठमाण्डौं लुम्बिनी लिमिडेट र बुम रेमिट्यान्स प्रा.लि.ले बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम बैंक अफ काठमाण्डौं लुम्बिनीका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण कार्य गर्नका लागि सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंक अफ काठमाण्डौं लुम्बिनीका तर्फबाट प्रमुख रिसर्च, प्रोडक्ट डेभलपमेन्ट तथा मार्केटिङ रीतेस लामिछाने र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३३०० वटा भन्दा बढि प्रतिनीधीहरु छन् ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

बुम रेमिटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्त भने “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नु पर्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank