सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द

बुधबार, बैशाख २६, २०७५



काठमाडौं। एक महिनाअघि प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अहिलेसम्म खर्च भएको छैन । प्रदेश सरकारले सञ्चित कोष जम्मा गर्ने बैक खाता नखुलेका कारण अहिलेसम्म सरकारले बजेट खर्च गर्न नसकेको हो ।

गत चैत २९ गते आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले एक अर्ब दुई करोड पाँच लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेर आगामी तीन महिनाका लागि कार्यक्रममार्फत खर्च गर्ने गरी विनियोजन गरिएको बजेट बैंक खाता सञ्चालन नहुँदा खर्च गर्न नसकेको हो । प्रदेश एकमा मात्रै हैन सातै प्रदेशका सरकारले अलिहेसम्म बैंक खाता खोल्न सकेका छैनन् ।  गोरखापत्रमा समाचार छ ।

सञ्चितचकोषको बैक खाता खोल्ने विषयमा नेपाल राष्ट्र बैंकले समय र प्रक्रियामा सहयोग नगरेपछि सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले संघीय सरकारलाई सामूहिक दबाब दिनु परेको थियो ।

अर्थमन्त्रालयले दिएको निर्देशन पनि कतिपय सन्दर्भमा नेपाल राष्ट्र बैंकले पालना नगर्दा सञ्चितकोष रकम जम्मा हुने बैंक खाता खोल्न ढिलाई भएको हो ।

156 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank