सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शाखा अव पाल्पाको छहारामा पनि

आइतवार, भदौ १८, २०७४



काठमाडौं । नेपालको बैंकिंग क्षेत्रमा फरक पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा विस्तार गरेको छ । आईतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालको बाहुलीबाट उद्घाटन गरी बैंकिंग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी,ब्यापारी,नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छहारा शाखाको बिधिवत समुद्घाटनसंगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।. साथै आफ्नो ग्राहक वर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउदै आऐको छ ।

उक्त समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नर नेपालको बाहुलीबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई एक थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई एक थान कम्प्यूटर गरी जम्मा दुई थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।

image-0-02-03-31f5d604c7f610b5fa31fd9b07675ca9c009699d02eb238cb925a8a2c2d76b53-V_resized_2

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments