बांग्लादेश विमान हाईज्याक कोशिश असफल – सुरक्षा कारबाहीमा अपहरणकारी मारिए

सोमवार, फाल्गुन १३, २०७५



ढाका ।  बांग्लादेश एयरलाइन्सको एक विमानलाई हाईज्याक गर्ने कोशिश असफल भएको छ । ढाकाबाट दुबई जान उडान भरेको उक्त विमान भित्र अपहरणकारी रहेको सुचना मिल्ना साथ विमानलाई आपतकालिन अवतरण गरिएको जनाइएको छ ।
प्रहरीले जनाए अनुसार विमान भित्र एक बन्दूकधारी रहेको र उसले विमानलाई अपहरण गर्ने कोशीश गरेको थियो । तत्पश्चात विमानलाई चटगाँउमा आपतकालिन अवतरण गरिएको हो । विमानमा रहेका सम्पुर्ण यात्रीलाई प्रहरीले सुरक्षित रूपमा विमानबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
विमानलाई प्रहरी र सेनाले आफ्नो नियन्त्रणमा लिने कोशीश गर्दै विमान चालक दलका दुई सदस्य बचाउने सुरक्षा कारबाहीमा अपहरणकारी मारिएको मिडियाले जनाएको छ । विमानमा १४८ मानिस रहेको जनाइएको छ । शाह अमानत अन्तराष्ट्रीय विमानस्थल हाल पुर्णतया सुरक्षा निकायको नियन्त्रणमा रहेको जनाइएको छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments