बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किंदै

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं । आफ्नो चार दिने नेपालको राजकीय भ्रमण सकेर बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज(शुक्रबार) स्वदेश फर्किँदैछन् ।

मंगलबार काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरबार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ ।

बिहीबार पोखरा घुम्न गएका उनी बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले नेपाल आएकै दिन मंगलबार भक्तपुर दरवार क्षेत्रको अवलोकन गरेका थिए ।

नेपाल राष्ट्रपतिको निमन्त्रणामा आएका हमिद आज साँझ पाँच बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशीी समकक्षीको विदाई गर्न विमानस्थल जाने कार्यक्रम छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata