बंगलादेशमा फेरि सत्तापक्ष नै विजयी

सोमवार, पुस १६, २०७५



काठमाडौं । बंगलादेशमा फेरि सत्तापक्ष नै विजयी भएको छ । हिजो भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको हो । हिजो भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहो¥याएको छ । विपक्षीले केवल ७ सिट मात्रै ल्याएको छ ।

अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो । यो संगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल हुनु भएको छ । तर मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ ।

फेरि चुनावको माग गरेको छ । मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata