टिपर र बोलेरोबीच मोटरसाइकल च्यापिँदा एकजनाको मृत्यु

मङ्लबार, कार्तिक २६, २०७६



काभ्रे । काभ्रेको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज( मंगलबार) बिहान टिपर र बोलेरोबीच मोटरसाइकल च्यापिँदा एकजनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते  भएका छन् ।

बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जनाएको छन् ।

सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata