लुक्लाबाट आएको हेलिकप्टर बनेपामा आकस्मिक अवतरण

बिहिबार, अशोज ९, २०७६



सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाबाट बिहीबार बिहान उडेको हेलिकप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण गरेको छ ।

सोलुबाट काठमाडौं आउने क्रममा सिम्रिक एयरको हेलिकप्टर बनेपामा आकस्मिक अवतरण गरेको हो ।

लुक्लाबाट आएको हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी आएपनि के कारणले अवतरण भएको हो भन्ने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments