बनेपा नगरको दुई वडामा एमाले विजयी, अन्य स्थानमा एमालेको अग्रता

मङ्लबार, जेष्ठ २, २०७४



काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ । बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी छ ।

त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ । बनेपा नगरको मतगणनाअनुसार नेकपा ९एमाले०ले नेपाली काँग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी भएकाछन् भने वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी भएकाछन् ।

त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेको विजयी समूहमा वडाध्यक्षमा लक्ष्मण बस्ताकोटी ६६० मतले काँग्रेसलाई पछि पार्दै विजयी भएकाछन् ।

त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाउनुभएको छ । महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो ।

पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी भएकाछन् । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ ।

बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी भएका हुन् ।

1024 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank