बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै
बिहिबार, कार्तिक २८, २०७६

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज(बिहिबार) पोखरा जाँदै छन् । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन् ।
पोखराको दृश्यावलोकन गर्न जान लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए ।
पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।
राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाले दुई झाँकी देखाउने तयारी गरेको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।
जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किने प्रजिअ केसीले जानकारी गराए ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments