उपत्यकामा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार

बुधबार, असार ४, २०७६



ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो ।

शिकारीको समुहले गत आइतबार कुन्ड भन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली प्रहार गरी ८० केजी हाराहारीको पोथी बँदेल मारेको हो । घटना लगत्तै खबर प्राप्त भएपनि शिकारी समुहलाई नियन्त्रणमा लिन नसकिएको महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले बताए ।

‘सिभिल ड्रेसमा खटिएको प्रहरी टोलीले पौने ४ बजे गोली चलेको खबर गर्यो, लगत्तै हामी तालिम प्राप्त कुकुर सहित घटनास्थल पुग्यौ उनले भने–‘दुई व्यक्ति जंगलतर्फ भागे, नियन्त्रणमा लिन सकिएन ।’ वयस्क बँदेलको घाटीमा दुईवटा गोली लागेको र शिकारीले पेट चिरिएको अवस्थामा नियन्त्रणमा लिइएको कुटवालले बताए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ  छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank