परीक्षा सकेपछि विद्यार्थीहरू घरबाहिर ननिस्कनू- सरकार

बुधबार, चैत्र ५, २०७६



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक विज्ञप्ति(अपिल) जारी गर्दै परीक्षा सकिएर अर्को शैक्षिकसत्र शुरु नहुन्जेलसम्म घरबाहिर नजान विद्यार्थीसँग अपिल गरेका छन् ।

उनले भनेका छन्, “शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै चैत्र ५ गतेसम्म कक्षा १ देखि ९ सम्मका परीक्षा सञ्चालन गरिसक्न अनुरोध गरेको थियो । यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेलसम्म करिब तीनहप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरु घर परिवारमा नै रहनेछन् ।”

कोरोना  संक्रमणको त्रास रहेको बताउँदै थप भनिएको छ,  “यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिककरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न सबैमा अनुरोध छ ।”

यस्तो छ उनले जारी गरेको अपिल:

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments