बंगलादेशको शानदार जित

मङ्लबार, असार ३, २०७६



इंग्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले शानदार जित हासिल गरेको छ । शकिब अल हसन र लिटोन दासको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित निकाल्दै वेस्ट इन्डिजलाई सात विकेटले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय २१ रन बनाएको थियो । वेस्ट इन्डिजलाई उच्च योगफलतर्फ अघि बढाउन शेई होपले सर्वाधिक ९६ रन बनाए भने इभिन लुइसले ७०, सिमरन हिटमायरले ५०, जासोन होल्डरले ३३ र निकोलस पुरनले २५ रनको योगदान दिए ।

बंगलादेशका मुस्ताफिजुर रहमान तथा मोहम्मद सइफुद्धिनले तीन–तीन विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।

जवाफमा ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै भेट्टयो । राम्रो सुरुवात गरेको बंगलादेशले ५२ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।

बंगलादेशको जितमा शकिब अल हसनले शतकीय पाली खेले । उनले अविजित एक सय २४ रन बनाएका थिए ।  लिटोन दासले अर्धशतकीय इनिङ खेले । उनले अविजित ९४ रन बनाएका थिए । तमिम इकवालले ४८र सौम्य सरकारले २९ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र ओसाने थोमसले एक एक विकेट लिएका थिए ।

स जितसँगै बंगलादेश पाँचौं स्थानमा उक्लिएको छ । पाँच खेल सकेको बंगलादेशको पाँच अंक छ । समान खेलबाट तीन अंक बनाएको वेस्ट इन्डिज सातौं स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank