ओलीको बोलि टिप्ने ‘पावरफूल’ मन्त्री बनाउन वामदेवलाई सांसद !

मङ्लबार, अशोज २३, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएको केही दिनमा नैप्रधानमन्त्री कार्यालयमा विशिष्ट मन्त्री ‘छाया प्रधानमन्त्री’ बनाउने निर्णय गरेका थिए । सरकार गठन भएको ७ महिना वित्यो उनले त्यसको जिम्मेवारी दिन सकेनन । प्रधानमन्त्रीको निर्णय र निर्देशन कार्यान्वयन गर्न एकजना विशिष्ट मन्त्री तोक्ने उनको तयारी थियो । मन्त्रालय विहीन ती मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेछन् तर विभागीय मन्त्रीभन्दा शक्तिशाली हुनेछन् ।

नेकपा नेता वामदेव गौतमलाई त्यसको जिम्मेवारी दिन सांसद बनाउन खोजेको खुलासा भएको छ । स्रोतका अनुसार यसअघि भीम रावल वा विष्णु पौडेल मध्ये एक जनालाई जिम्मेवारी दिनेगरि छलफल भएको थियो । तर सम्भव नभएपछि नयाँ पात्र खोजि गर्दा वामदेवलाई सांसद हुँदै मन्त्री बनाउनेगरि तयारी भएको स्रोतको दावी छ । ‘मर्यादा क्रममा पनि उच्च रहने सबै मन्त्रीलाई पनि समन्वय गर्न सक्ने हैसियतको मन्त्री बनाउनुपछर्’ स्रोतले नेपालपाटीलाई भन्यो, ‘ सबै विचार गरेर वामदेवलाई सांसद बनाउन खोजिएको छ । ’

काठमाडौंं क्षेत्र नम्बर ७ बाट वामदेव गौतमलाई सांसद बनाउने गरि निर्वाचित नेकपाका सांसद  रामवीर मानन्धरले आफ्नो पद छोड्ने घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडामा पनि प्रधानमन्त्रीलाई सहयोग गर्न छुट्टै मन्त्रीको व्यवस्था गर्ने गरिएको छ । मलेसियाको विकासमा त्यसले ठूलो सहयोग गरेको दावी गरिन्छ । मलेसियाका तत्कालीन प्रधानमन्त्री डा। महाथिर मोहम्मदले प्रधानमन्त्री कार्यालयलाई चलायमान बनाउन आफ्नो कार्यालयमा मन्त्री÷उपमन्त्रीसहित १० जनासम्म राखेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई चुस्त राख्न तथा केही महत्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना वरिष्ठ मन्त्री राख्ने विषयमा आन्तरिक छलफल गरिरहेका एक नेताले जानकारी दिए । ती मन्त्री लागि प्रधानमन्त्रीको कार्यकक्ष नजिकै कार्यालयले व्यवस्थापन गरिदैछ ।

विभाग नभएपनि महत्वपूर्ण जिम्मेवारी हुने भएकाले त्यसको जिम्मेवारी पार्टीभित्र उच्चतहका नेतालाई दिन लागेको ओली निकटका एक नेताले जानकारी दिए । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण, जस्ता अनुसन्धानमूलक निकाय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन कार्यको जिम्मेवारीसमेत प्रधानमन्त्री मातहतमा आएकाले त्यसको रेखदेख पनि ती मन्त्रीले गर्नेछन् ।

प्रधानमन्त्री कार्यालयको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्ने गरी नयाँ संगठन संरचना बनाउन गृहकार्य अन्तिम चरणमा पु¥याएको छ। अहिले विभिन्न मन्त्रालयबाट आउने प्रस्ताव मुख्यसचिव मार्फत सीधै प्रधानमन्त्री कहाँ पुग्ने गरेको छ । क्याबिनेट मन्त्री आएपछि उनीमार्फत नै प्रस्तावहरू प्रधानमन्त्रीसमक्ष पुग्नेछ । प्रधानमन्त्री कार्यालयको मन्त्रीको रूपमा रहेर जिम्मेवारी बहन गर्ने ती मन्त्रीले क्याबिनेट मन्त्रीको रूपमा समेत काम गर्नेछन् ।

एक जनामन्त्री आउने निश्चित भएपछि प्रधानमन्त्री कार्यालयले उनका लागि छुट्टै कोठा र निजी सचिवालय बनाउन थालेको छ। मोहम्मदको शासनकालमा नै मलेसियाले विकासमा छलाङ मारेको देखेका प्रधानमन्त्री ओलीलाई मलेसियाकै एप्रोच अनुसार अघि बढ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले समेत सुझाव दिँदै आएका छन् ।

संघीय मुलुक क्यानडाले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६ जनासम्म मन्त्री राखेको इतिहास छ। यस्तै अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा ६ जनासम्म मन्त्रीले काम गरेका थिए।

1017 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank