नेपाली विशेषताको समाजवाद निर्माण गर्न दृढ संकल्प गर्दछु: नेता गौतम

सोमवार, अशोज ६, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले आफू समाजवाद निर्माण गर्न दृढ संकल्पमा रहेको बताएका छन ।

सोमबार राजधानीमा आयोजित दिवंगत कम्युनिष्ट नेता सहाना प्रधानको पाँचौं स्मृति सभापछि फेसबुक स्टाटस लेख्दै उक्त कुरा बताएका हुन । उनले नेपाल राष्ट्रको परिवर्तन र विकासमा कम्युनिष्ट योद्धाका रुपमा आफुलाइ लगाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

नेपाली महिला आन्दोलनकि अगुवा, कम्युनिस्ट आन्दोलनकि धरोहर, लोकतान्त्रिक आन्दोलनकि पहरेदार क. साहना प्रधानको पाँचौ स्मृति दिवसका सन्दर्भमा पून भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु भन्दै उल्लेख गरेका छन । साथै नेपाली विशेषताको समाजवाद निर्माण गर्न दृढ संकल्प व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments