चुनावमा सुरक्षा दुरुपयोग गर्नेलाई कारवाही गर्ने गौतमको चेतावनी

आइतवार, बैशाख २४, २०७४



काठमाडौ । एमाले उपाध्यक्ष वामदेव गौतमले स्थानीय निकायको निर्वाचनमा सुरक्षा दुरुपयोग गरे तत्कालै कानुनी कारवाही गर्ने चेतावनी दिएका छन ।

स्थानीय निकायको निर्वाचनक बिषयमा नियमित जानकारी दिन सो पार्टीको प्रचार बिभागले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो चेतावनी दिएका छन। ‘सुरक्षा दुरुपयोग हुन्छ जस्तो मलाई लाग्दैन, भएछ भने ठाँंउका ठाँंउ कानुनी कारवाही गरिन्छ’ गौतमले भने । ०५४ सालको स्थानीय निर्वाचन हुदा आफु गृहमन्त्री रहेको र आफुलाई सुरक्षा दुरुपयोग गर्यो भनि लगाएको आरोपमा कुनै प्रमाणित हुन नसकेको बताए ।

निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको गठबन्धलाई गौतमले अचम्मको संज्ञा दिए । ‘संसारमा प्रतिपक्षलाई हराउन सत्तापक्षको गठबन्धन हुदैन, तर अहिले नेपालमा माओवादी र कांग्रेस गठबन्धन गरेर सबलाई आश्चर्यमा पारेकाछन् ’गौतमले भने । उनले गठबन्धन बाट एमाले नआतिएको र धेरै ठाउमा जितेर देखाईदिने उनले दावी गरे ।

1297 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank