नेकपा सचिवालयको निर्णय, वामदेव राष्ट्रिय सभामा प्रवेश गर्दै !

बुधबार, फाल्गुन १४, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो । यस अघि संविधान संशोधन सहित प्रधानमन्त्री बन्न पाए पछि मात्र राष्ट्रिय सभामा जाने अडान लिएका गौतमलाई सचिवालयले राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

सचिवालयका नौ जना मध्य गौतम मात्र सांसद नभएकाले उनलाई पनि  राष्ट्रिय सभामा लैजाने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  यस अघि गौतम प्रतिनिधि सभा सदस्यमा बर्दिया जिल्लाबाट पराजित भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments