आफ्नो प्रस्ताव अमान्य भएसँगै वामदेवले गरे राष्ट्रियसभामा जान इन्कार

शुक्रबार, पुस १८, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुङ्गो लगाएको छ ।  सचिवालयको बिहीबार र शुक्रवार लगातार दुई दिनसम्म बसेको बैठकले उम्मेदवारको छनौट गरेको हो ।

बैठकले नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठ र नेता वेदराम भुसाल सहित १६ जना उम्मेदवारहरूको टुङ्गो लगायो । तर चर्चामा  रहेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान  इन्कार गरे ।

नेता गौतमले संविधान संशोधन गर्दै  राष्ट्रियसभाकाे सदस्य पनि   प्रधानमन्त्री बन्न बाटाे खुला गरियाे भन्ने प्रस्तावको बैठकले छलफल गर्न चाहेन । आफ्नो चाहाना अनुरुप नहुने बुझ्ना साथ नेता गौतमले राष्ट्रियसभामा जाने विगतको सोचलाई तत्काल परिवर्तन गरे । नेता गौतम गत प्रतिनिधि सभाको निर्वाचनमा बद्रियाबाट पराजित भए सँगै अनेकबाटो प्रतिनिधि सभामा छिर्ने कोशिस गरिरहेका थिए । केहि समय पहिले काठमाडौंका रामवीर मान्धरले वामदेवको निम्ती आफ्नो संसदीय क्षेत्र खाली गर्न चाहेपनि पार्टी भित्रैबाट उनलाई असहयोग गरियो ।

नेता रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र नम्बर २ बाट उपनिर्वाचन मार्फत प्रतिनिधि सभा प्रवेश गर्ने बाटो उनी आफैले रुचाएनन ।  हाल राष्ट्रिय सभा सदस्य बन्न इन्कार गरेसँगै नेता गौतमको आगामी रणनीति के हुनेछ ? भन्ने नयाँ चर्चा अकस्मात चुलिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments