नेकपामा वामदेवको स्थान पाँचौ नम्बरमा

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेता वामदेव गौतमको मर्यादा पाँचौ नम्बरमा हुने भएको छ । सोमबार नेकपा सचिवालयको बैठकले विधान संशोधन गरि नेता गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेकाे हाे ।

यस अघि गत ३१ साउनमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने टुंगो गरेको थियो ।  नेकपाका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकले विधान संशोधन गरि गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।  सचिवालय बैठकले पार्टी विधान संशोधनको प्रस्तावलाई स्थायी समिति बैठकमा लैजाने निर्णय गरेको हो ।

दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपछिको पाँचौँ मर्यादामा रहने गरी गौतमलाई उपाध्यक्ष बनाउन लागिएको हो । यसअघि नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था थिएन ।  बैठकले यहि मंसिर २९ गते पहिलो पटक सचिवालयले स्थायी समिति बैठक आह्वान गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments