सांसद बन्न खोज्नुको कारणबारे खुलासा गरे वामदेव गौतमले

बिहिबार, अशोज २५, २०७५



काठमाडौ । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउने विषयमा पार्टीभित्र विवाद सुरु भएको छ । पार्टीका केही प्रभावशाली नेताहरुले गौतमका लागि पार्टीले अनावश्यक रुपमा उपनिर्वाचन गराउन नहुने तर्क राख्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड गौतमको पक्षमा रहेपनि  आधिकारिक निर्णय गरिसकेको छैन । तर वामदेव गौतमले भने सांसद हुन चाहेको रहस्य खोलेको छन् ।

 नेपाल कम्युनिष्ट पार्टी, नेकपाका नेता गौतमले अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व आफूले गर्ने उद्देश्यले उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ७ को निर्वाचन क्षेत्र गौतमको निम्ति खाली गराइन लागेको भन्ने समाचारसँगै आलोचनात्मक टिप्पणी आइरहँदा गौतमले बीबीसीसँगको कुराकानीमा त्यस्तो योजना सुनाएका हुन्।

तर कतिपय विज्ञहरूले कार्यकाल बाँकी छँदै निर्वाचित जनप्रतिनिधिलाई राजिनामा गर्न लगाएर उपनिर्वाचन गराउने अभ्यासले गलत राजनीतिक सन्देश दिने चिन्ता व्यक्त गरेका छन्। पार्टी एकिकरणमा प्रमुख भूमिका निर्वाह गरेका नेताहरूमध्ये आफू र नारायणकाजी श्रेष्ठ मात्र संसदमा नरहँदा अन्य सभासदहरू उर्जाशील हुन नसकेको गौतमको दाबी छ।

‘विकास’

वामदेव गौतम बिवीवीसी नेपाली सेवासँग कुराकानी गर्दै  उनले समृद्धिको लक्ष्य लिएको सरकारलाई सफल बनाउन आफूले विकास प्राधिकरणको परिकल्पना गरेको र त्यसमा नेकपाका दुवैजना अध्यक्षहरू समेत सकारात्मक रहेको बताए। “मेरो माग प्रतिनिधि सभामा गएपछि विकास निर्माण प्राधिकरणको जिम्मेवारी दिनुस्, मैले स्रोत समेत जुटाउँछु र निर्वाचन घोषणापत्रमा भएका सबै काम गरेर देखाउँछु भन्ने छ।”

उनले त्यस्तो प्राधिकरण अधिकारसम्पन्न हुने र त्यसले प्रधानमन्त्रीको सहयोगीको रूपमा संघीय अभ्यासमा लागेको देशको माग अनुरूप ठूला विकास निर्माणका कामहरू गर्ने बताए। नेता गौतमको बुझाईमा, अहिले पार्टीका सांसद थुप्रै भएपनि प्रधानमन्त्रीले सरकारको प्रतिरक्षा गर्न आग्रह गर्दा समेत त्यसो गर्न नसक्नु उनीहरूको कमजोर मनोवलको परिणाम हो।

1402 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank