गौतम- नेपालको तीर !

आइतवार, अशोज १४, २०७५

- नेपालपाटी टिप्पणी



” तपाईले बोलाएको हुनाले म यहाँ आए । अरुले बोलाएको भए म आउँने थिइन ” गत शुक्रबार वरिष्ट नेता माधब नेपालको चियापान समारोहमा सहभागी कमरेड बामदेव गौतमको उक्त अभिब्यक्ती पछी नेपाली राजनीति तरङ्गीत हुँदैछ । विगत केही समय देखी नेकपाको अध्यक्ष एवम प्रधानमन्त्री ओली अमेरिकामा छन भने अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ श्रीमतीको उपचार गर्न सिंगापुर गएका छन ।  दुबै अध्यक्ष मुलुक बाहिर हुँदा कार्यवाहक कसैलाई नदिएको अवस्थामा वरिष्ट नेता नेपालले गरेको चियापान समारोहमा उपस्थीत नेकपाका स्थायी समिती सदस्यहरु माझ वामदेव गौतमले नेपाललाई स्वतः कार्यवाहक अध्यक्ष घोषणा गरेका हुन ।दशैं, दिपावली र छठ पर्वको अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा वरिष्ट नेता नेपाल द्वारा राखीएको भेटघाट तथा चियापान कार्यक्रममा कमरेड बामदेव गौतम र माधब कमरेडको अनौपचारिक राजनैतिक सहमतीपछि नेकपा भित्र पाक्दै गरेको खिचडी उजागर हुन पुगेको छ ।

मनमोहन सरकार बल्खु फर्केसँगै खोसिएको उप महासचिव पद पछी चिसिएको नेपाल – गौतम सम्बन्ध पूर्व एमाले फुट र मिलन पछी पनि एउटा दुरी मै रहन पुग्यो । वरिष्ट नेता कमरेड नेपालको कार्यकालमा कमरेड ओलीको सातिर दिमागले सफल खेल खेल्दा बामदेव कमरेड झलनाथको आँगन टेक्न बाध्य बनाइए । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने दिवंगत नेता मदन भण्डारीको सुत्र प्रयोग गर्दै बामदेव कमरेडलाई आफ्नै साथ राख्ने कमरेड ओलीको खेल उत्सर्गमा पुग्दा मुखमै आइपुगेको शक्ती माधव कमरेडबाट धेरै टाढा हुन पुग्यो ।

बामदेव गौतम र पार्टी एकता सँगै वरिष्ट कमरेड नेपालकोबीच विगतमा भएको भद्र सहमती प्रधानमन्त्री एवम नेकपा अध्यक्ष कमरेड ओलीबाट पटक पटक उलंघन भएको कारण एकै ठाँउमा उभिन बाध्य भएको बैठकमा सहभागी एक नेताले जनाए । पार्टी एकताको दौरान झलनाथ खनाललाई डिमोसन गरेको नभई वरिष्ट नेता नेपालले आफ्नो तेश्रो स्थान जोगाएको मात्र हुन भन्ने पूर्व एमाले नेताको कुरालाई मान्ने हो भने पार्टी एकता केवल ओली र प्रचण्डको निम्ती रहेको मान्न सकिन्छ ।  पूर्व सहमती अनुसार बामदेवलाई दिने भनिएको जिम्मेवारी पार्टी एकता सँगै सकिएको कारण उनी उचित माैकाकाे  पर्खाइमा थिए ।

अझ पछिल्लो समय सभासद बनाउने खेलमा पनि बिलम्ब हुँदै गरेको महशुस गरेका कमरेड बामदेव गौतम केही संकेत देखाउन चाहन्थे ।  प्रचण्ड -ओली मुलुक भित्र नभएको समयमा वरिष्ठ नेता नेपालले स्थायी समितिका सदस्यहरुको भेला गरे ।  उक्त भेलालाई गौतमले सहज रुपमा लिनु वा प्रयोग गर्नुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

गत बिहिवार संसदमा सरकार प्रति कडा रुपले प्रस्तुत भएका वरिष्ट नेता  नेपालले आम जनता र कार्यकर्ता माझ वर्तमान सरकारको काम कारबाही सन्तोष जनक नभएको सन्देश छोडे । त्यस लगत्तै अायाेजना गरेकाे भेटघाट कार्यक्रममा आउने र जाने सँग सँगै भएका स्थायी समिती सदस्यको कुल योगफल २३ पुगेको भेला मार्फत आफु र नारायणकाजी श्रेष्ठ बिदेश भएको समयमा सचिवालय मार्फत गरिएको निर्णय माथी असहमती दर्ज गरे ।  नेता नेपालकाे कडा प्रस्तुतीकाे बावजुद  बामदेवको जवाफ सन्तुलित देखियो । बर्षमान पुन , गिरीराज मणी पोखरेल , सुभास नेम्बाङ समेतलाई एकै ठाँउमा राख्न सफल भएको उक्त भेटघाटको जवाफ कमरेड ओलीले अमेरिकाबाट दिन बाध्य भएको घटना पछी गौतम -नेपालको तीर सही निसानामा लागेको मानिदै छ ।

1435 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank