सकियो वामदेवलिला समाप्त गलायो वामदेवलाई

शुक्रबार, अशोज २६, २०७५



अध्यक्ष ओलीसहित बहुमत नेता विपक्षमा
काठमाडौं  । संसद् छिर्न काठमाडौं–७ को बाटो वामदेव गौतमको पहिलो रोजाइ होइन । डोल्पाका धनबहादुर बुढा, दैलेखका रवीन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासीका तिलक महतलाई राजीनामा गराउने प्रयास असफल भएपछि वामदेव राजधानी छिरेका हुन् । डोल्पालगायतकै क्षेत्रमा सांसदहरूले वामदेवलाई छोड्ने प्रारम्भिक सहमति दिए पनि शीर्ष नेताहरूबाट सकारात्मक सन्देश नपाएपछि पछि फर्किएका हुन् । वामदेवका लागि ठाउँ छाड्न सांसद रामवीर मानन्धर तयार भए पनि अध्यक्ष केपी ओलीसहित अधिकांश सचिवालय सदस्य विपक्षमा देखिए ।

झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले विपक्षमै अभिव्यक्ति दिए । उता, महासचिव विष्णु पौडेल पनि पछिल्ला विकसित घटनाक्रमबारे अनभिज्ञता जनाउँदै मौन बसे । वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेनन्, तर समर्थनमा बोल्न सकेनन् । प्रचण्डको साथ रहे पनि गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने निर्णय गर्न कठिन भएकाले २३ असोजका लागि बोलाइएको सचिवालय बैठक २७ असोज हुँदै ४ र ५ कात्तिकका लागि सारियो ।

निर्वाचन क्षेत्रबाट पनि नकारात्मक प्रतिक्रिया
सांसद रामवीर मानन्धरले स्थानीय पार्टी कमिटी र नेता–कार्यकर्ता कसैसँग राय–परामर्श नगरी पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेकाले पनि निर्वाचन क्षेत्रमा नकारात्मक जनमत बन्न बल पुग्यो । काठमाडौं–७ का प्रदेश सभा सदस्यहरूसहितका नेताहरूले पार्टी अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै उपनिर्वाचनको प्रसंगले नकारात्मक सन्देश गएको र गौतमको विजय सुनिश्चित गर्न नसकिने जानकारी गराएका थिए । गत स्थानीय निर्वाचनमा काठमाडौं–७ मा पर्ने चारमध्ये तीन वडाध्यक्ष कांग्रेसले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा रामवीर मानन्धर ८ हजारको फराकिलो अन्तरले विजयी बनेका थिए । तर, त्यहाँ कांग्रेस आफैं उम्मेदवार नबनेर राप्रपालाई छाडेको थियो ।

मिडिया र सामाजिक सञ्जालमा चर्को आलोचना
सोमबार सचिवालय बैठकमा गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने प्रस्तावले प्रवेश पाएलगत्तै मिडिया र सामाजिक सञ्जालमा वामदेव र नेकपाको चर्को आलोचना भयो । बर्दियामा पराजित भइसकेका गौतमलाई सांसद बनाउन काठमाडौंका निर्वाचित प्रतिनिधिलाई राजीनामा गराउनु जनमतकै अपमान हुने भन्दै विरोधको क्रम बढ्दै गयो । जसले गर्दा पनि उनी पछि हट्न बाध्य भए ।

1062 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank